Advertisement

ओली गिरिबन्धु प्रकरणमा जोगिन रविलाई सहकारीमा साथ दिँदैछन् : विश्वप्रकाश शर्मा

0 6

Advertisement

१३ जेठ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा साथ दिएर गिरिबन्धुमा साथ लिन लागिपरेको आरोप लगाएका छन्।

कांग्रेसले आइतबार राजधानीमा सरकार विरुद्ध गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै कांग्रेस नेता शर्माले गिरिबन्धुमा साथ लिनकै लागि संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडानमा एमाले अध्यक्ष ओली रहेको बताए। गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने ओलीको आसय रहेको उनको आरोप छ।

‘ओलीलाई जोगाउनुपर्ने पार्टी पङ्ति छ। रविलाई साथ दिएर गिरीबन्धुमा साथ लिनु छ’, शर्माले भने, ‘झापाका केपी ओलीलाई झापाका विश्वप्रकाशले जति बुझ्न भक्तपुरका रवि लामिछानेलाई समय लाग्छ।’

अध्यक्ष ओलीको अडानलाई लिएर एमाले भित्र गम्भीर समीक्षा हुनुपर्ने समय भइसकेको पनि उनले बताए। ‘एमाले आज कुन वर्गको पक्षमा उभिन चाहन्छ ?’, शर्माले प्रश्न गरे। गृहमन्त्री रवि लामिछानेले संसद्‌मा सम्बोधन गर्दा उठाएका सवालबारे सबैमा छानबिन गर्न कांग्रेस तयार रहेको भन्दै शर्माले अधिकारसम्पन्न आयोग बनाउन प्रधानमन्त्री र गृहमन्त्रीलाई चुनौती दिए।

महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछाने उपर कतै पनि अभियोजन नभएको भन्दै लेखेको पत्रबारे टिप्पणी गर्दै महामन्त्री शर्माले भने, ‘यो महान्यायाधिवक्ता कार्यालय रास्वपाको भ्रातृ संस्था हो? कहिले लेखेर दिन्छ, सहकारीमा दोषी हुनुहुन्न भनेर। कहिले लेखेर दिन्छ, दुई वटा पासपोर्टमा मुद्दा चलाउन पर्दैन भनेर।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.