Advertisement

१ प्रतिशत घट्यो सेयर बजार, होटल समूहमा आकर्षण

0 6

Advertisement

१३ जेठ, काठमाडौं । आइतबार सेयर बजार १.०३ प्रतिशत घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा २२.१४ अंक घटेसँगै नेप्से २१०९ मा कायम भएको छ । लगातार अघिल्ला ५ कारोबार दिनसम्म बजार बढेको थियो । दिनभर कुल ४ अर्ब ४४ करोडको कारोबार भयो ।

जम्मा २९ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ३ को स्थिर रह्यो । होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै ३.३७ प्रतिशत बढ्यो । अरु समूहका सूचक घटेका छन् । बैंकिङ ०.८७, विकास बैंक १.१६, फाइनान्स २.१९, हाइड्रोपावर १.६२, लगानी १.४, जीवन बीमा ०.८०, उत्पादन ०.८६, माइक्रोफाइनान्स १.७८, निर्जीवन बीमा १.०१, अन्य ०.८९ र व्यापार समूह १.२३ प्रतिशतले घटे ।

होटल समूहकै कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो । सिटी होटलको ८.२४, बुद्धभूमि हाइड्रोपावरको ७.३०, बाराही हाइड्रोपावरको ६.६८, आत्मनिर्भर लघुवित्तको ५.७, रिडी पावरको ५.५ तथा नारायणी डेभलपमेन्ट बैंकको ५.३ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै इनिफिनिटी लघुवित्तको ६.३, विन नेपाल लघुवित्तको ६.३ र भगवती हाइड्रोपावरको मूल्य ५.८८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर, फस्र्ट माइक्रोफाइनान्स, नबिल बैंक र सोल्टी होटल क्रमशः अगाडि रहे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.