Advertisement

विश्व अर्थतन्त्रको वृद्धि सन् २०२३ देखि २०२५ सम्म करिब स्थिर रहने

0 6

Advertisement

१३ जेठ, काठमाडौं । विश्व अर्थतन्त्रको वृद्धि सन् २०२३ देखि २०२५ सम्म करिब स्थिर रहने अनुमान रहेको अर्थ मन्त्रालयले जनाएको छ। आइतबार आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो जनाएको हो।

‘विभिन्न उतारचढावका बाबजुद अर्थतन्त्रमा सुधार हुँदै गएको छ। सन् २०२२ को मध्यतिरबाट विश्व मुद्रस्फीति कम हुँदै गएसँगै विश्व आर्थिक क्रियाकलापमा विस्तार हुँदै गएको छ,’ आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘फलस्वरुप यसअघि सुस्त रहेको विश्व अर्थतन्त्रको वृद्धि सन २०२३ देखि सन २०२५ सम्म करिब स्थिर रहने र विश्व अर्थतन्त्र थप उत्थानशील बन्ने अनुमान छ।’

यस्तै मुद्रास्फीति घट्दै गएसँगैअधिकांश मुलुकका केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति अवलम्बन गर्दै आएका कारण वित्तीय गतिविधिमा बढोत्तरी पुँजी आप्रवाहमा वृद्धि र न्यून आय भएका देशको बजार पहुँच बढेको सर्वेक्षणमा उल्लेख छ।
यस्तै विकसित मुलुकको ब्याजदर नियमन नीतिका कारण त्यस्ता मुलुकको बचत परिचालन बढेको मन्त्रालयले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.