Advertisement

हाटबजार सञ्चालन गर्ने उद्देश्यले मेला

0 365

Advertisement

१२ पुस, तनहुँ । व्यासनगरपालिका–१ हाइस्कुलटारस्थित नवयुवा क्लबको आयोजनामा प्रथम खेलकूद तथा सांस्कृतिक मेला हुने भएको छ । यही पुस १५, १६ र १७ गते मेला हुनेछ । महिनाको कम्तीमा एक दिन हाटबजार सञ्चालन गर्ने उद्देश्यले पहिलो कार्यक्रममा खेलकूद र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष सनम तामाङले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा उत्पादित बस्तु ताजा र सुलभ मूल्यमा उपभोक्तालाई उपलव्ध गराउने उद्देश्य रहेको उहाँले बताउनुभयो । मेलाबाट आएको मुनाफाले वडाको सामाजिक कार्यमा खर्च गर्ने योजना छ । मेलाको लागि रु आठ लाख सङ्कलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म देशविदेशबाट र बोलकबुलसहित रु साढे सात लाख आर्थिक सङ्कलन भएको उहाँले बताउनुभयो ।

देश विदेशबाट सहयोग आउने क्रम पनि जारी रहेकाले लक्ष्यअनुरुप रकम सङ्कलन हुने विश्वास गरिएको छ ।

आयोजकले कुनै पनि शुल्क नलिने भएकोले सम्बन्धित व्यवसायीले आफ्नो तरिकाले व्यवसाय गर्न पाउनेछन् । मेलाको पहिलो दिन प्रीति आले, वसन्त बिक, दोस्रो दिन रामजी खाँण र चिना थापा र तेस्रो दिन पशुपति शर्मा र काजल गुरुङको प्रस्तुति रहने कार्यक्रम रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.