Advertisement

सिंगटी हाईड्रो इर्नर्जीको हकप्रद नेप्सेमा सूचीकृत

0 5

Advertisement

२० वैशाख, काठमाडाैं । सिंगटी हाईड्रो इर्नर्जीको हकप्रद सेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पानीले जारी गरेको चुक्ता पूँजीको शतप्रतिशतले हुन आउने १ करोड ४५ लाख हकप्रद सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म हकप्रद सेयर जारी गरेको थियो । उक्त हकप्रद आज सूचीकृत भएको हो । बिहीबार नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयरधनीको डिम्याट खातामा आएपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

हकप्रद निष्काशनका लागि कम्पनीले पुस २२ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिएका थिए ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.