Advertisement

मेस्सीको दुई गोलमा पीएसजीको जित

0 526

Advertisement

०३ कार्तिक, एजेन्सी । यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आरबी क्लब लाइप्जिगमाथि जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले लाइप्जिगलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउनको लागि अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले दुई गोल गरे भने युवा फरवार्ड किलीयन एमबाप्पेले एक गोल थपे । लाइप्जिगको लागि आन्द्रे सिल्भाले र नोर्दिक मुकिएले समान एक-एक गोल गरे ।

खेलको नवौं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले जुलियन ड्राक्सलरको पासमा गोल गरेका थिए ।

२८ औं मिनेटमा लाइप्जिगले गोल फर्कायो । एन्जेलिनोको क्रसमा आन्द्रे सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलको ५७ औं मिनेटमा एन्जेलिनोकै क्रसमा नोर्दिक मुकिएलेले गोल गर्दै लाइप्जिगलाई २-१ को अग्रता दिलाए । खेलको ६७ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल पुनः बराबर गरे ।

७४ औं मिनेटमा मेस्सीले नै पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई ३-२ को अग्रता दिलाए । एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पीएसजीले पेनाल्टी पाएको थियो ।

पीएसजीले इन्ज्युरी समयमा अर्को पेनाल्टी प्राप्त गर्यो । तर ह्याट्रिकमा रहेका मेस्सीले उक्त प्रहार एम्बापपेलाई दिए । एमबाप्पेले प्रहार गरेको उक्त पेनाल्टी आकासियो ।

यस जितसँगै ३ खेलमा ७ अंक जोड्दै पिएसजी अंक तालिकाको शीर्षस्थानमा छ । सिटीले ३ खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा छ भने क्लब ब्रुगको ४ अंक छ । आरबी लाइप्जिग भने ३ खेलमा अंकविहिन छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`
twitter sharing button
email sharing button
sharethis sharing button

३ कार्तिक २०७८, बुधबार61Shares

twitter sharing button
email sharing button
sharethis sharing button



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.