Advertisement

पुनम चन्दले पाइन् शेरबहादुर खड्का स्पेसल अवार्ड

0 7

Advertisement

१२ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य पुनम चन्द शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित भएकी छिन् ।

बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सदस्य सचिव टंकलाल घिसिङले उक्त अवार्ड प्रदान गरेका हुन् ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना सातौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता अघि ५० हजार नगदबाट सम्मानित भएकी हुन् । पुलिसलाई घरेलु भलिबलमा उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गर्दै आएकी उनी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत र दुई पटक एभीसी सेन्ट्रल जोनको उपाधि जित्दा नेपालको टोलीमा थिइन् ।

४ टोलीको मात्र सहभागिता रहने महिला भलिबल प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा हुनेछ । राउन्ड रोविनपछि शीर्ष दुई टोलीले फाइनल र पुछारका दुई टोलीले तेस्रो स्थानको लागि खेल्नेछन् । फाइनल शनिबार हुनेछ ।

पहिलो खेलमा न्यू डायमण्डले २५–१२, २५–१५ र १७–२५, २५–२१ ले त्रिवुभवन आर्मीलाई हराउँदै विजयी सुरुवात गरेको छ । दोस्रो खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा जारी छ ।

प्रतियोगिताको विजेता टोलीले ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रोले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.