Advertisement

कर्णाली प्रदेश : बिना विभागीय मन्त्री परियारले लिए शपथ

0 8

Advertisement

१२ वैशाख, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले बुधबार माओवादी केन्द्रका रणसिंह परियारलाई बिना विभागीय मन्त्री नियुक्त गरेका हुन्। मन्त्री परियारले बुधबार नै शपथ पनि लिएका छन्।

कँडेल गत चैत २८ गते कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसपछि एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। मंगलबार मात्रै दुई दलबीच मन्त्रालयको विषयमा सहमति जुटेको थियो।

बिहीबार भने मुख्यमन्त्री कँडेलले प्रदेश सभाबाट विश्वासको मत लिने तय भएको छ। त्यसका लागि मंगलबार नै प्रदेश सभा सचिवालयमा सूचना दर्ता भइसकेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.