Advertisement

उत्तर कोरियाद्वारा पनडुब्बीबाट हानिने नयाँ बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि

0 501

Advertisement

०३ कार्तिक, एजेन्सी । उत्तर कोरियाले पनडुब्बीबाट मार हानिने एउटा नयाँ बलिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

योसँगै दक्षिण कोरियाले यसअघि प्योङ्याङको परीक्षणबारे सार्वजनिक गरेका रिपोर्टको पुष्टि भएको छ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले परीक्षण गरिएको क्षेप्यास्त्रमा “नियन्त्रणसम्बन्धी उन्नत प्रविधिहरू” भएको जनाएको छ।

यसअघि सन् २०१६ मा एउटा परीक्षण गरिएको ‘भेसल’ बाटै पछिल्लो क्षेप्यास्त्रको परीक्षण गरिएको उसले उल्लेख गरेको छ।

किम ‘अनुपस्थित’

समाचारमा नेता किम जङ-अनबारे केही उल्लेख नगरिएकोले क्षेप्यास्त्र परीक्षणका बेला उनी उपस्थित नरहेको बुझिएको छ।

यसअघि दक्षिण कोरियाली सेनाले जापानी तटदेखि पर समुद्रमा अस्त्रहरूको परीक्षण गरिएको देखिएको मङ्गलवार जनाएको थियो।

उत्तर कोरियाले पछिल्ला साताहरूमा एकपछि अर्को क्षेप्यास्त्रको परीक्षण गरेका विवरण आएका छन्।

परीक्षण गरिएका अस्त्रमा हाइपरसोनिक र लामो दूरीसम्म मार हान्न सक्ने अस्त्रहरू पनि रहेको बताइन्छ।

तीमध्ये कतिपय परीक्षणबाट कडा अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको उल्लङ्घन समेत भएको छ।

https://bbc.com/ws/av-embeds/cps/nepali/news-58976617/p05c43l0/ne

अमेरिका र उत्तर कोरियाबीच किन यति धेरै दुश्मनी?

खासगरी संयुक्त राष्ट्रसङ्घले बलिस्टिक क्षेप्यास्त्रका साथै पारमाणविक अस्त्रहरूको परीक्षण गर्न उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ।

क्रुज क्षेप्यास्त्रहरूभन्दा बलिस्टिक क्षेप्यास्त्रलाई राष्ट्रसङ्घले झन् खतरनाक रूपमा लिने गरेको छ, किनभने तिनीहरूले अझ शक्तिशाली अस्त्रहरू बोक्न सक्छन्, लामो दूरीसम्म मार हान्न सक्छन् र तीव्र गतिमा उड्न पनि सक्छन्।

मङ्गलवार दक्षिण कोरियाली सेना प्रमुखले उत्तर कोरियाको पूर्वमा पर्ने सिन्पो बन्दरगाहबाट एउटा क्षेप्यास्त्रको प्रक्षेपण गरिएको जनाएका थिए।

सी अफ जापानको रूपमा परिचित इस्ट सी मा उत्तर कोरियाली क्षेप्यास्त्र खसेको थियो।

मङ्गलवार जापानी प्रधानमन्त्री फुमिओ किशिदाले दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरिएको बताउँदै त्यसलाई “एकदमै दुःखद कार्य” भनेका थिए।

सोलस्थित अधिकारीहरूले शान्ति वार्तामा फर्कन प्योङ्याङलाई आग्रह गरेका छन्।

संयुक्त राज्य अमेरिका र जापानले पनि क्षेप्यास्त्र परीक्षणको आलोचना गरेका छन्।

अमेरिका, दक्षिण कोरिया र जापानका गुप्तचर अधिकारीहरू सोलमा भेला भएकै बेला उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणसम्बन्धी समाचार सार्वजनिक भएका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.