Advertisement

कपिलवस्तुमा झाडा पखालाकाे प्रकाेप फैलियाे, दुईजनाको मृत्यु

0 189

Advertisement

१९ असाेज, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडा पखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ वडामा सोमबार रातिदेखि प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । झाडा पखालाको कारणले वडा नं. ९ वहादुरगन्जमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षीय को राज कश्यप र ४० वर्षीय रामप्रसाद केवट रहेको स्थानीय मनिष गुप्ताले बताउनुभयो ।

वडाभर प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा विरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो । शिवराज अस्पतालमा ४० जना विरामीले उपचार गराएका छन् । यता समुदायमा रहेका विरामीको सङ्ख्या एकिन हुन सकेको छैन ।

नगरपालिका वडा नं. ९ का अध्यक्ष राममिलन कुर्मीले समुदायमा प्रभावित हुनेको पहिचान गरी उपचारको तयारी सुरु भएको बताउनुभयो । प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयले दुईजना चिकित्सक र प्रदेशबाट उपचार टोली आउँदै गरेको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.