Advertisement

वजन घटाउने ३०-३०-३० फर्मुला

0 19

Advertisement

०७ बैशाख, काठमनडाै । करिअर बढाउन लागिपरेका व्यक्तिहरूको दिनचर्या भागदौडपूर्ण हुन्छ। उनीहरू यति व्यस्त छन् कि स्वास्थ्यको ख्याल गर्ने समय नै छैन।

त्यससँगै उनीहरू थाहै नपाई रोगको घेरामा परिसकेका हुन्छन्। अनि परेशान उनीहरू फास्टिङदेखि जिमसम्मका अभ्यासमा पुग्छन्। एक्कासी गरिने डाइटिङले थप स्वास्थ्य जटिलता पनि निम्त्याउँछ। अनि, वजन घटाउने योजना उनीहरूले लामो समय अनुसरण गर्न पनि सक्दैनन्।

त्यसैका लागि हो, पछिल्ला दिनमा तौल घटाउन ३०-३०-३० को फर्मुला आएको पनि।

विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)को एक अध्ययनअनुसार औद्योगिक क्रान्तिपछि मोटोपनको समस्या तीन गुणा बढेको छ। यसअघि नै मोटोपनलाई डब्लूएचओले महामारी घोषणा गरिसकेको छ।

के हो ३०-३०-३० फर्मुला ?

वजन घटाउने अनेकौं उपाय छन्। त्यसमध्ये एउटा हो, ३०-३०-३० फर्मुला। यसको अर्थ हो, बिहान उठेपछि ३० मिनटभित्र ३० ग्राम प्रोटिन खानु अनि ३० मिनट व्यायाम गर्नु। यो नियमको खास कुरा खानामा क्यालोरीको गणना गरिँदैन। अनि क्यालोरी बर्न हुने हिसाब पनि राखिँदैन। यसको आधारभूत अवधारणा मेटाबोलिजमलाई तीव्र बनाउने कुरासँग जोडिएको छ। र, त्यसैबाट ओभरवेट हुनबाट बच्‍न सकिन्छ। यसको सबैभन्दा ठूलो कुरा त्यही हो- यसलाई दिनमा एकपटक मात्र गरिन्छ।

कसरी काम गर्छ ३०-३०-३० फर्मुलाले ?

बेलायतको न्युट्रिसन थेरोपिस्ट नेटली लुइस बरोजका अनुसार बिहान उठेको ३० मिनटभित्र नास्ताको प्लेटमा ३० ग्राम प्रोटिन हुनुको मतलव हो, तपाईंको शरीरको मेटाबोलिजम तीव्र हुनु। त्यसबाट ज्यादा क्यालोरी बर्न हुन्छ। त्यसपछि ३० मिनट हल्का व्यायाम गर्नुपर्छ। त्यसबाट अझ बढी क्यालोरी बर्न हुन्छ। हाई-प्रोटिन नास्ताका कारण तपाईंलाई बारम्बार भोक लाग्‍ने छैन। र, त्यसले शरीरलाई तन्दुरुस्त राख्‍नेछ।

३० ग्राम प्रोटिनमै किन जोड ?

नास्तामा ३० ग्राम प्रोटिन सामेल गर्दा दिनभर भोक नियन्त्रणमा रहन्छ। चिनी खाने इच्छा पनि कम हुन्छ। त्यसकारण ब्लड सुगर पनि नियन्त्रणमा रहन्छ। र, इन्सुलिन रेजिस्टेन्समा पनि मद्दतगार हुन्छ। मांशपेशीको मजबुतीमा पनि प्रोटिनको महत्त्वपूर्ण भूमिका रहन्छ। नास्तामा प्रोटिनका साथमा भरपुर पोषकतत्व पनि आवश्यक हुने नेटली बताउँछन्।

३० मिनट व्यायाम

शरीरलाई स्वस्थ राख्‍न ३० मिनटको हल्काफुल्का व्यायाम पर्याप्त हुने पोषणविदहरूको भनाइ छ। त्यसबाट हृदयको स्वास्थ्य पनि राम्रो रहन्छ। त्यसमा छिटोछिटो हिँड्नु, साइक्लिङ र स्विमिङजस्ता व्यायाम पर्छन्। त्यसबाट शरीरमा ज्यादा लोड पर्दैन। र, क्यालोरी पनि बर्न हुन्छ। कम इन्टेन्सिटीको व्यायामबाट शरीरलाई हानी हुने सम्भावना शून्य रहन्छ।

नास्ताको समयमा मनमा सकारात्मक विचारहरू ल्याउनूस् र व्यायामको समयमा आफ्नो श्‍वासप्रश्‍वासमा ध्यान दिनूस्। त्यसबाट मानसिक स्वास्थ्य पनि राम्रो हुनेछ।

बनारस हिन्दू विश्‍वविद्यालयका मनोविज्ञानका सहायक प्राध्यापक डा. अखिलेन्द्रका अनुसार यो फर्मुलाले टिकाऊ जीवनशैलीलाई बढावा दिन्छ। र, शरीरलाई कुनै पनि प्रकारको हानी गर्दैन।

भास्कर डट कमबाट



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.