Advertisement

कर्णालीमा पर्वलक्षित सुरक्षा योजनाः सबै जिल्लामा कमाण्ड सेन्टर, ४ हजार बढी प्रहरी परिचालन

0 195

Advertisement

१९ असाेज, सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले कर्णालीका सबै जिल्लामा कमाण्ड सेन्टर स्थापना गर्ने तयारी गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार विजयादशमी, दिपावली तथा छठ लगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिए । प्रभावकारी रुपमा योजनाबद्ध रुपमा सुरक्षा व्यवस्था मिलाउन ४ हजार ३५१ प्रहरी जनशक्ति खटाइएको जनाइएको छ ।

सीमानाका तथा अपराधिक गतिविधि हुन सक्ने संवेदनशील स्थानहरुमा भ्यानसहितको चेकिङको व्यवस्था मिलाईएको छ भने सडक सुशासन/ सार्बजनिक यातायात साधनहरुको सहज आवागमन र दुर्घटना न्युनीकरण गर्ने, सीसीटिभी क्यामेरा, लाइडर स्पीड राडर गनलगायतका प्रविधीहरुको प्रयोग गर्ने प्रहरीले जनाएको छ ।

‘खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरुको कृतिम अभाव हुन नदिन अनुगमन गरी सहज आपूर्ति व्यवस्था गर्ने, पकेटमारी, चोरी, लुटपाट र ठगी नियन्त्रण गर्ने, सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुहरु ठगिन नदिने र सामान झोला छुटि हराउन गएमा खोजतलास गर्ने गराउने, बैंक, बित्तीय संघसंस्था तथा आर्थिक कारोवार बढी हुने स्थानहरूको सुरक्षा व्यवस्था मिलाउने भएका छौं,’ प्रदेश प्रहरी कार्यालयका डीआर्इजी गणेशबहादुर ऐरले योजना सुनाउँदै भने ।

चाडपर्वको बहानामा हुन सक्ने चोरी तस्करी, लागूऔषध ओसारपसारको नियन्त्रणका लागि प्रहरी चनाखो रहेको डीआईजी ऐरले जनाए । त्यस्तै चाडपर्वमा जुवातासलगायतका बर्जित गतिविधि, तिहारमा पटाकालगायत विष्फोटक पदार्थको आयात तथा प्रयोगमा पनि प्रहरीले कडाइ गर्ने भएको छ ।

उनका अनुसार प्रहरीले १४४ ओटा क्यूआरटी (क्वीक रेस्पोन्स टिम) परिचालन गर्ने, प्रदेशका १२९ स्थानमा नियमित चेक प्वाईन्ट राख्ने, ट्राफिकसहितको संयुक्त चेकिङ–४६ स्थानमा गर्ने योजना बनाएको छ ।

सीमा नाकाहरुमा चोरी तस्करी नियन्त्रण गर्न मुख्य ३ सहित ९ स्थान, झै–झगडा, जुवा–तास, चोरी लुटपाट, मापसे नियन्त्रण–७० स्थानमा, पिकेट राजमार्गमा स्कर्टिङ मोवाईल गस्ती, पैदल गस्ती–३८७ स्थानमा, यात्रु सहायता कक्ष ३८ स्थानमा रहने गरी सुरक्षा व्यवस्था मिलाएएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.