Advertisement

माओवादी केन्द्र नुवाकोटको संयोजकमा लामिछाने

0 266

Advertisement

१३ फागुन, त्रिशूली । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकले जिल्ला समन्वय समिति नुवाकोटको संयोजकमा पुष्प लामिछानेलाई चयन गरेको छ ।

प्रदेश समितिका अध्यक्ष सरल सहयात्री पौडेलको अध्यक्षता र पार्टी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा यही फागुन ११ र १२ गते काठमाडौँमा सम्पन्न भएको बैठकले अहिलेका जिल्ला अध्यक्ष हिरानाथ खतिवडालाई

माथिल्लो कमिटीको जिम्मेवारीमा पठाउने तयारी गर्दै लामिछानेलाई जिल्ला अध्यक्षसरहको रूपमा रहेको माओवादी केन्द्रको जिल्ला समन्वय समितिको संयोजक बनाएको हो । माओवादी केन्द्रको विधानअनुसार अहिले जिल्ला कमिटीलाई जिल्ला समन्वय समितिमा रुपान्तरण गरिएको छ ।

माओवादी केन्द्र प्रदेश समितिको बैठकले जिल्ला नेतृत्वसहित नुवाकोटमा रहेको दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्रमा इञ्चार्ज, संयोजक र सचिव तथा जिल्लाको बाह्रवटै पालिकामा इन्चार्ज तोकिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.