Advertisement

‘एमसिसी आर्थिक सहयोगको परियोजना हुनुपर्छ ’

0 236

Advertisement

१३ फागुन, कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन कम्प्याक्ट (एमसिसी) परियोजना नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिले एमसिसीको सन्दर्भमा उठिरहेको विषय परियोजनाको जग्गाको स्वामित्व र यसमा नेपालीको रोजगारीका अधिकारको कुरा सुनिश्चित हुनुपर्ने रहेको उल्लेख गर्नुभयो ।

“यसबाट प्राप्त हुने मौद्रिक सम्पत्ति र सम्पदामा नेपालको हक सुरक्षित हुनुपर्दछ”, उहाँले भन्नुभयो, “परियोजना विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्छ । परियोजना भनेको खासगरी अनुदानसँग जोडिएको छ भने त्यो अनुदान हुनुपर्दछ । ” अध्यक्ष नेपालले आफ्नो पार्टीले यथास्थितिमा नै एमसिसी सम्झौतालाई अनुमोदन गर्न नसक्ने स्पष्ट पार्नुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.