जनकपुरको टिम समयमै मैदान नआउँदा टसमा ढिलाई, विराटनगरले पहिले ब्याटिङ गर्दै
२६ पुस, काठमाडौं । नेपाल टी-२० लिगको दोस्रो क्वालिफर्यसमा जनकपुर रोयल्सविरुद्ध विराटनगर सुपर किङ्सले टस जितेर ब्याटिङ गर्ने भएको छ ।
दोस्रो क्वालिफर्यसमा ११ः ३० मा टस हुनुपर्नेमा जनकपुरको टिम ढिलो आइपुग्दा टस हुन ढिला भएको थियो । जनकुपरको टिम ११ बजे मैदान आइपुग्नु पर्नेमा १ घण्टा ढिलो १२ बजे मात्र मैदान आइपुगेको हो ।
ढिला टस भए पनि खेल भने निर्धारित समय अर्थात् साढे १२ बजेदेखि नै सुरु भएको छ ।
जनकपुरको टिममा आज विकेटकिपर चाड्विक वाल्टन टिममा फर्किएका छन् । त्यस्तै, विराटनगरले भने चारै विदेशी खेलाडीलाई आज टिममा खेलाएको छ ।
आजको खेलको विजेताले लुम्बिनी अल स्टार्ससँग बुधबार उपाधिका लागि खेल्नेछ ।
जनकपुर रोयल्स टिमः
सोमपाल कामी, सन्दीप जोरा, ललित राजवंशी, पवन सरार्फ, जितेन्द्र मुखिया, खडक बहादुर बोहोरा, राजेश पुलामी मगर, चाड्विक वाल्टन, त्रिभोन ग्रिफित,समिमुल्लाह सानवारी र सराफुद्नि असरार्फ
विराटनगर सुपर किङ्स टिमः
रोहित कुमार पौडेल, अर्जुन साउद, नन्दन यादव, सुर्य तामाङ, अमर सिंह रौतेला, पृथु बास्कोटा, विवेक कुमार यादव, मोहम्मद हुसेन तलात, गौरान्सु शर्मा,राज ननन् र कियोन जोसेप