Advertisement

इलामको सुकिलुम्बा विमानस्थलमा हरेक आइतबार उडान हुने

0 57

Advertisement

२६ पुस, काठमाडौं । काठमाडौंबाट इलामको सुकिलुम्बा विमानस्थलमा अब हरेक आइतबार नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले इलाममा नियमित उडान हुने दिन तोकेको हो ।

नेपाल एयरलाइन्सका अनुसार १ माघमा नियमित उडानका लागि जहाज जाने छ । त्यसपछि हरेक आइतबार यस विमानस्थलमा काठमाडौंबाट उडान हुने छ ।

काठमाडौंबाट इलाम करिब १ घण्टाको उडान दुरीमा रहेको छ । इलाम पूर्वी नेपालको लोकप्रिय पर्यटकीय गन्तव्य हो । यो विमानस्थलमा गत वर्ष तारा एयरले नगरपालिकासँगको समन्वयमा केही उडान गरेको थियो ।

तर, नगरपालिकासँगको सम्झौता सकिएपछि ताराले उडान नियमित गर्न सकेको थिएन । इलाममा दार्जिलिङसहित पाँचथर, तेह्रथुम र ताप्लेजुङसम्मका यात्रुले सेवा पाउने भएका कारण नेवानिलाई यहाँ उडान गर्न आह्वान गरिएको इलाम नगरपालिकाका मेयर केदार थापाले जानकारी दिए ।

इलाम पर्यटकीय नगरी भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने उनले बताए । इलाममा ६७० मिटर लम्बाई र २० मिटर चौडाइको पक्की विमानस्थल बनेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.