Advertisement

नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको सीआईबीको प्रारम्भिक निष्कर्ष

0 54

Advertisement

२४ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

९ पुसदेखि सुरु भएको प्रतियोगिता सुरुवातदेखि नै बेटिङ र फिक्सिङको चर्चा सुरु भएको थियो । प्रतियोगितामा देखिएका अस्वभाविक नतिजा र केहि खेलाडीको अस्वभाविक प्रदर्शनबाट नै फिक्सिङका हल्लाहरु सुरु भएका थिए ।

गृहमन्त्री रवि लामिछानेले गत मंगलबार नेपाल टी–२० लिगमा भइरहेको भनिएको बेटिङ, सम्भावित फिक्सिङ र श्रम स्वीकृति विना विदेशी खेलाडी खेलाएकोबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएका थिए ।

प्रारम्भिक अनुसन्धानअनुसार तीनजना नेपाली र ४ जना विदेशी खेलाडीले स्पट फिक्सिङ गरेको पाइएको छ । बेटिङ र फिक्सिङमा नेपाल टी-२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारीसहित सन्चालन अधिकार पाएको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको संग्लग्नता भएको संकेत मिलेको सीआईबी उच्चश्रोतले जनाएको छ ।

बेटिङ र फिक्सिङको चर्चा धेरै हुन थालेपछि सन्चालन अधिकार पाएको सेभेन थ्रीका मालिक जतिन अहुवालिया गत सोमबार नै भारत पुगेका थिए । उनी भागेको भन्दै नेपाल क्रिकेट संघ (क्यान)ले सम्झौता खारेजीको प्रक्रिया सुरु गर्ने बताएको थियो ।

सीआईबीले शंकामा रहेका खेलाडीहरुसँग बयान लिइसकेको छ । प्रतियोगिताका सुरुका केहि खेलहरुमा फिक्सिङ भएको पाइए पनि धेरै हल्ला हुन थालेपछि पछिल्ला खेलहरुमा फिक्सिङ नभएको श्रोतले जनायो ।

एउटा खेलाडीले एउटा खेलमा स्पट फिक्सिङ गरेबापत १० लाखभन्दा कम लिनेगरेको अनुसन्धानमा पाइएको श्रोतले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.