३१ बैशाख, काठमाडाैँ । चलचित्र ‘आइएम जितबहादुर’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बलिउड गायक कैलाश खेरको स्वर रहेको छ । चलचित्रलाई अभिनेता जितु नेपालले निर्माण गर्नुभएको हो । गीतमा राजसिंह सिधु र जितु नेपालको शब्द रचना र सङ्गीत बव एसएनको छ ।
शुभेन्दु घोष निर्देशित चलचित्रले गाउँबाट सहर आएर कलाकार बन्न सङ्घर्ष गर्ने एक युवाको कथा दर्साउँछ । चलचित्रमा अभिनेता नेपाल प्रमुख भूमिकामा देखिनुभएको छ भने उहाँको जोडीका रूपमा वर्षा राउत हुनुहुन्छ । चलचित्रका अन्य कलाकारमा प्रियङ्का कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल, पवन खतिवडा, बालकलाकार सहारा शर्माको अभिनय रहेको छ ।


+ There are no comments
Add yours