हिटलरको ऐतिहासिक विश्रामस्थल ‘इगल्स नेस्ट’मा कसले लगायो आगो ?

०८ कार्तिक, काठमाडौँ । जर्मनीको बाभारिया राज्यस्थित ‘केहलस्टाइनहाउस’मा शुक्रबार साँझ भीषण आगलागी भएको छ ।

सन् १९३८ मा नाजी अधिकारीहरूका लागि अतिथिगृहका रूपमा निर्माण गरिएको यो भवन ‘इगल्स नेस्ट’ नामले परिचित यो ऐतिहासिक भवनलाई एडोल्फ हिटलर र नाजी अधिकारीहरूले विश्रामस्थलका रूपमा प्रयोग गर्ने गरेका थिए ।

आगलागीपछि भवन आगोको ज्वालाले घेरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकमा एकजनालाई पक्राउ गरिएको छ भने घटनाबारे आपराधिक अनुसन्धान सुरु गरिएको छ ।

बर्चेसगाडेनको ओबरसाल्जबर्गस्थित केहलस्टाइनहाउसमा स्थानीय समयअनुसार शुक्रबार राति ९:१५ बजे आगलागीको सूचना दिने अलार्म बजेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

सूचना पाएलगत्तै घटनास्थलतर्फ गएका दमकलकर्मीहरूले नजिक पुग्दा आगोका ठूला ज्वाला उठिरहेको थियो । समुद्री सतहबाट करिब एक हजार ८३४ मिटर उचाइमा रहेको भवनसम्म दमकलका गाडी पुर्‍याउन कठिनाइ भइरहेको बताइएको छ ।

यो भवन दोस्रो विश्वयुद्धका क्रममा भएका बमबारीबाट जोगिएको यस भवनलाई अहिले ऐतिहासिक स्थलका रूपमा संरक्षण गरिएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours