कोजाग्रत पूर्णिमा आज देशभर मनाइँदै

०८ कार्तिक, काठमाडौँ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज देशभर मनाइँदै छ ।

हिन्दू धर्मावलम्बीहरूले विशेष धार्मिक महत्वका साथ मनाउने कोजाग्रत पूर्णिमासँगै नेपालीहरूको महान् चाड बडादसैँ औपचारिक रूपमा समापन हुने गर्दछ ।

बडादशैंको अन्तिम दिनका रूपमा मनाइने यस पर्वमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ ।

दसैँको टीका र जमरा लगाउने क्रम समाप्त भएसँगै कोजाग्रत पूर्णिमापछि दसैँको औपचारिक समापन हुने मानिन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours