०८ कार्तिक, काठमाडौँ । आज मिति: २०८३ साल कात्तिक ८ गते आश्विन शुक्ल चतुर्दशी तिथी बिहान ११ / ०४ बजेसम्म ,त्यस उप्रान्त पूर्णिमा तिथी भोलिपल्ट बिहान ९ / ५६ बजेसम्म भएको हुनाले यो पूर्णिमा नै शरद पूर्णिमा हो।
स्कन्द पुराण – वैष्णव खण्ड – कार्तिक माहात्म्य
आश्विने पौर्णमास्यां तु शरत्काले मनोरमे।
जागरेत् सा निशा साक्षात् कोजागरीति विश्रुता॥
अर्थ: आश्विन महिनाको पूर्णिमाको मनोरम शरदकालको रात जागरण गर्नुपर्ने रातलाई नै कोजागरी भनिन्छ। श्रीमद्भागवत पुराण – १०/३३/१ – रास पञ्चाध्यायी सुरु
भगवानपि ता रात्रीः शरदोत्फुल्लमल्लिकाः।
वीक्ष्य रन्तुं मनश्चक्रे योगमायामुपाश्रितः॥
अर्थ: शरद ऋतुमा मल्लिका फूल फुलेको रात देखेर भगवान श्रीकृष्णले योगमायाको सहारा लिई रासलीला गर्ने इच्छा गर्नुभयो। त्यसैले शरद पूर्णिमालाई रास पूर्णिमा भनिन्छ।
पद्म पुराण – उत्तर खण्ड
को जागर्ति इति लक्ष्मीः पृच्छति वसुधातले।
तस्मै वित्तं प्रयच्छामि कोजागर व्रताय वै॥
अर्थ: यस रात लक्ष्मीजी पृथ्वीमा घुम्दै “को जागिरहेछ?” भनेर सोध्नुहुन्छ, जो जागा बसेर व्रत बस्छ उसलाई धन दिनुहुन्छ। त्यसैले नाम – कोजागर।

ब्रह्म पुराण – आश्विन माहात्म्य
आश्विनस्य सिते पक्षे पौर्णमास्यां निशाकरे।
अमृतं स्रवते चन्द्रः दिव्यं पीयूषमुत्तमम्॥
अर्थ: आश्विन शुक्ल पूर्णिमाको चन्द्रमाबाट दिव्य अमृत वर्षा हुन्छ। त्यसैले खीर बनाएर चन्द्रमाको प्रकाशमा राखेर प्रसाद खाने चलन शास्त्र सम्मत हो।
आयुर्वेद – भाव प्रकाश, चरक संहिता सूत्र
शरद पूर्णिमाको चन्द्रमा पित्त नाशक हुन्छ। त्यसैले शरत् काले पुरा देवा अमृतं समथान् बहु।
देवताहरूले यही रात अमृत मन्थन गरेका हुनाले चन्द्रमा औषधियुक्त हुन्छ भन्ने निर्णयसिन्धुमा हेमाद्रिको मत।
निर्णयसिन्धु – द्वितीय परिच्छेद
आश्विन पूर्णिमामा जागरण, लक्ष्मी पूजा, इन्द्र-चन्द्र पूजा अनिवार्य, नगरे वर्षभरि दरिद्रता बन्ने प्रमाण छ।
१) बेलुकी लक्ष्मी, इन्द्र, चन्द्रमा पूजा
२) राति जागरण – को जागर्ति व्रत
३) खीर चन्द्र किरणमा राखेर भोलिपल्ट प्रसाद खाने – ब्रह्म पुराणको अमृत वर्षा सिद्धान्त छ।
शरद पुर्णिमाको दिन आजदेखि भगवान श्रीकृष्णले रासलीला गर्नुभएको थियो।वर्षको एकपटक यो दिन चन्द्रमा पृथ्वीको नजिक आईपुग्ने भएकोले चन्द्रमाबाट अमृत वर्षा हुने हुदा,यो दिन यो खीर चाँदीको भाँडामा घर बाहिर खुल्ला आकाश मुनी राख्नाले त्यसमा अमृतको वर्षा पर्ने हुनाले यो रात राखेर भोलिपल्ट बिहान आफ्नो नित्यकर्म सकेर खानाले यो खीरले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ।यसले प्रतिरक्षा प्रणालीलाई बढाउँछ।साथै, यो पनि विश्वास गरिन्छ कि चन्द्रमामा पाइने गुणहरूले मानव शरीरलाई पोषण दिन्छ।
यो दिन चन्द्रमाको सोह्र कलाले परिपूर्ण हुनुहुनेछ।यसै दिन राती चन्द्रमाको किरण बाट अमृत झर्दछ। भगवान श्रीकृष्णले रासलीला गर्नुभएको र भोले बाबा गोप्पेश्वर बनेर रासलीला नजर गर्नु भएको थियो र सो रासलिलामा चारलाख गोपिनीहरु हुनु हुन्थ्यो।
पं बालमुकुन्द देवकोटा


+ There are no comments
Add yours