फ्रान्समा देशव्यापी प्रदर्शनका क्रममा झडप, हजारभन्दा बढी पक्राउ

०८ कार्तिक, काठमाडौँ । फ्रान्समा शनिबार भएको देशव्यापी विरोध प्रदर्शनका क्रममा करिब एक हजारजना पक्राउ परेका छन् ।

फ्रान्सका गृहमन्त्री लोरेन्ट नुनेजले प्रदर्शन सकिएपछि पक्राउ पर्नेको संख्या सार्वजनिक गर्दै अन्तिम विवरण संकलन भइरहेको र यो संख्या अझै बढ्न सक्ने बताएका छन् ।“विभिन्न स्थानमा हुन सक्ने लुटपाटका घटना रोक्न सफल भएका छौँ,” नुनेजले भने ।

फ्रान्सका विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएका विवरण प्राप्त भए पनि गत शनिबारको तुलनामा यसपटक अशान्ति कम फैलिएको बताइएको छ । गत साता देशभरका भवनमा तोडफोड र आगजनी हुनुका साथै करिब एक हजार ५०० पसलमा लुटपाट भएको थियो । गृहमन्त्री नुनेजले गत हप्ताको अन्त्यतिर प्रदर्शनका क्रममा मात्रै दुई हजार ७०० भन्दा बढी व्यक्ति पक्राउ परेको बताएका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours