२८ कात्तिक, काठमाडौँ । छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तयारी तीव्र पारिएको छ।
राजधानीका थापाथली, कमलपोखरी, गौरीघाटलगायतका स्थानमा छठ पूजाका लागि घाट सजाउने तथा व्यवस्थापन गर्ने काम भइरहेको छ। छठ पर्वका लागि नदी, पोखरी तथा जलाशय किनारमा सरसफाइ, पूजास्थल निर्माण र सजावटका कामलाई तीव्रता दिइएको छ।
व्रतालु तथा श्रद्धालु भक्तजनको सहजताका लागि विभिन्न स्थानमा घाट व्यवस्थापनको काम भइरहेको छ। तराई–मधेसमा विशेष उल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकामा पनि सामूहिक रूपमा मनाउने क्रम बढ्दै गएको छ।
राजधानीमा बसोबास गर्ने तराई–मधेससहित विभिन्न समुदायका नागरिकले छठ पर्वलाई साझा सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएका छन्। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्वका लागि काठमाडौंका जलाशयमा समेत भक्तजनको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।


+ There are no comments
Add yours