२८ कात्तिक, काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा ग्रामीण दूरसञ्चार विकास कोष दस्तुर वापत् १ अर्ब ६८ करोड ५ लाख २४ हजार ५६४ रुपैया र ३९ पैसा संकलन गरेको छ।
दूरसञ्चार ऐन, २०५३ को दफा ३०(४) बमोजिम ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र संचालनका लागि प्राधिकरणले खडा गरेको ग्रामीण दूरसञ्चार विकास कोषमा अनुमतिपत्र प्राप्त व्यक्तिले प्राप्त गरेको वार्षिक आयको प्राधिकरणले तोके बमोजिमको रकम प्रत्येक वर्ष सो कोषमा जम्मा गर्नु पर्ने प्रावधान रहेको छ।
सोही प्रावधान बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आर्थिक वर्ष २०८१/८२ मा प्राप्त गरेको वार्षिक आयको २ प्रतिशतले हुने ग्रामीण दूरसञ्चार विकास कोष वापतको रकम रु. १ अर्ब ६८ करोड ५ लाख २४ हजार ५६४ रुपैया र ३९ पैसा यस आ.व.मा ग्रामीण दूरसञ्चार विकास कोषमा दाखिला भएको प्राधिकरणले हालै जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
आ.व. २०८१/८२ को वार्षिक आयको आधारमा आ.व. २०८२/८३ मा ५२ ओटा सेवा प्रदायकले ग्रामीण दूरसञ्चार विकास कोष वापतको १ अर्ब ६८ करोड ५ लाख २४ हजार ५६४ रुपैया र ३९ पैसा दस्तुर बुझाएका हुन्। यी मध्ये एनसेल आजियाटा र नेपाल टेलिकमले क्रमश: ६४ करोड र ६७ करोड बुझाएका छन् भने डिश मिडियाले ५ करोड, भायनेटले ४ करोड तथा सीजी कम्युनिकेशन्सले डेढ करोड हाराहारी बुझाएको छ।
अन्य कम्पनीहरुले बुझाएको रकम भने २३२ रुपैयाँदेखि ३५ लाख रुपैयाँसम्म बुझाएका प्रतिवेदनले देखाएको छ।
यस्तो छ कम्पनीहरुको विवरण:
| एक्सेस वर्ल्ड टेक प्रा. लि. | मेट्रोलिंक बिजनेस ग्रुप प्रा. लि. | सिन्को आई.टी. इन्जिनियरिङ प्रा. लि. |
| एयर नेटवर्क प्रा. लि. | एनसेल एक्जियाटा लिमिटेड | सिता बी.भी. |
| एयरलिंक कम्युनिकेशन सर्भिस प्रोभाइडर प्रा. लि. | नेपाल एयर लिंक प्रा. लि. | स्काई ब्रोडब्यान्ड प्रा. लि. |
| सीजी कम्युनिकेशन्स प्रा. लि. | नेपाल दूरसञ्चार कम्पनी लिमिटेड | सस्टेनेबल नेटवर्क प्रा. लि. |
| सिटी नेट प्रा. लि. | नेपालिंक कम्युनिकेसन प्रा. लि. | स्विफ्ट नेट प्रा. लि. |
| क्लिन नेटवर्क प्रा. लि. | निम्बल नेटवर्क प्रा. लि. | स्विफ्ट नेटवर्क्स एन्ड कम्युनिकेसन प्रा. लि. |
| कन्स्टेलेसन प्रा. लि. | ओएसिस ब्रोडब्यान्ड इन्टरनेट प्रा. लि. | स्याङ्जा मिडिया प्रा. लि. |
| कस्मिक नेट प्रा. लि. | पथिभरा नेटवर्क प्रा. लि. | उदय केबल नेटवर्क प्रा. लि. |
| डी.जी. लिंक नेटवर्क प्रा. लि. | सजिलो नेट प्रा. लि. | युनाइट नेटवर्क्स प्रा. लि. |
| डाइरेक्ट मिडिया प्रा. लि. | शिखर नेट प्रा. लि. | भियानेट कम्युनिकेसन्स लिमिटेड |
| डिस मिडिया नेटवर्क लिमिटेड | सिम्रिक इन्टरनेट प्रा. लि. | वालिङ इन्टरनेट प्रा. लि. |
| चितवन युनिक नेट प्रा. लि. | आई.बी. सिस्टम सोलुसन नेपाल प्रा. लि. | वेब नेटवर्क्स प्रा. लि. |
| ईस्टलिंक टेक्नोलोजी प्रा. लि. | आई४ टेक्नोलोजिज प्रा. लि. | वाईफाई नेपाल प्रा. लि. |
| ई-लिंक नेट प्रा. लि. | इन्टरवेब नेटवर्क प्रा. लि. | वाईफाई टेक नेपाल प्रा. लि. |
| एभरेस्ट लिंक प्रा. लि. | कनेक्ट नेपाल नेटवर्क्स प्रा. लि. | वर्ल्ड फाइबर नेट प्रा. लि. |
| फाइबर नेट कम्युनिकेसन्स प्रा. लि. | मर्केन्टाइल कम्युनिकेसन्स प्रा. लि. | वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड |
| फाइबरवर्ल्ड कम्युनिकेसन प्रा. लि. | मेटा लिंक प्रा. लि. | जिशन नेटवर्क प्रा. लि. |
| हिमालयन अनलाइन सर्भिसेस प्रा. लि. |


+ There are no comments
Add yours