सुनको भाउ १३ सय रुपैयाँले घट्यो, शुक्रबारको भाउ कति ?
०९ चैत, काठमाडाैं । सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले घटेको छ । बिहीबार १ लाख २७ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको छापावाला सुनको भाउ शुक्रबार १३ सय रुपैयाँले घटेको हो । शुक्रबार छापावाला सुनको भाउ १ लाख २६ हजार ५०० रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजावी सुन १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदी १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको भाउ ५५ रुपैयाँ घटेको हो । बिहीबार चाँदी प्रतितोला १ हजार ५५५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १७४ दशमलव ४३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ५४ डलरमा कारोबार भइरहेको छ ।