गणेशमान सिंह स्मृति इन्ट्रा क्रिकेट लिगको उपाधि बीपी र मंगलादेवीलाई टिमलाई
२० फागुन, काठमाडौं । प्रथम वीर गणेशमान सिंह स्मृति इन्ट्रा क्रिकेट लिग-२०८० को उपाधि पुरुषतर्फ बीपी र महिलातर्फ मंगलादेवीले जितेका छन्। यी दुवै टिम शनिबार सम्पन्न फाइनल खेल जित्न सफल भएका हुन्।
नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पसद्वारा यही फागुन १७ देखि १९ गतेसम्म सम्पन्न खेलको फाइनलमा पुरुषतर्फ बीपी टिमका तुल्सी रोकाया म्यान अफ द म्याच भए। प्लेयर अफ दि टुर्नामेन्टको उपाधि मोहम्मद दिलसान राजले चुमे भने सिरिज अफ दि बलर अधिस खनाल हुन सफल भए।
महिलातर्फको फाइनल खेलमा म्यान अफ दि म्याच र प्लेयर अफ दि टुर्नामेन्ट अमिशा अधिकारीले हात पार्न सफल भइन्। प्लेयर अफ दि टुर्नामेन्ट भने शिक्षा भण्डारी हुन सफल भइन्। साथै प्लेयर अफ दि बलर मनिषा थापा भइन्।