Advertisement

प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन समायोजन समितिको घोषणा गरिने

0 21

Advertisement

२६ माघ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्ने बताएका छन्। शुक्रबार अध्यागमन विभागको ई भिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको आरम्भ गर्दै उनले यस्तो बताएका हुन्।

केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गर्ने र प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने पक्षमा रहेको गृहमन्त्री श्रेष्ठले जानकारी दिए। मन्त्री श्रेष्ठले नेपाल प्रहरी ऐनको विधेयक तयार भइसकेकाले अब मन्त्रीपरिषद्‌बाट पास गरी संसद्‌मा दर्ता गर्ने तयारी मन्त्रालयले गरिरहेको पनि बताए।

गृहमन्त्री श्रेष्ठले २०७६ सालमा पारित भएको प्रहरी समायोजन ऐनलाई केही संशोधन र परिमार्जन गर्न जरुरी रहेको र त्यसका लागि पनि विधेयक तयार भइसकेको बताए। उनले ०७६ सालमै पारित भएको नेपाल प्रहरी तथा प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीवेक्षण र समन्वय ऐनमा पनि केही संशोधन गर्नुपर्ने भएकाले त्यसलाई पनि संसद्‌मा पेस गर्न लागेको बताए।

मन्त्री श्रेष्ठले निर्वाचन ऐनको विधेयक करिब सकिसकेकाले संसद्‌मा पठाउने तयारी भइरहेको बताए। स्थानीय प्रशासन ऐनको विधेयकमा पनि मस्यौदा अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। सशस्त्र प्रहरी बल, नेपालको ऐन पनि मस्यौदाको प्रक्रियामा रहेको मन्त्री श्रेष्ठले जानकारी दिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.