Advertisement

भिटर रोकलाई बार्सिलोनामा १९ नम्बरको जर्सी

0 17

Advertisement

१३ पुस, काठमाडौं । भर्खर बार्सिलोनामा अनुबन्धित भएका ब्राजिलियन युवा फरवार्ड भिटर रोकलाई बार्सिलोनाले १९ नम्बरको जर्सी दिएको छ। १ साता अघि ब्राजिलियन क्लब एथ्लेटिको पारानान्सेबाट क्याटलान क्लब बार्सिलोनामा अनुबन्धन भएका रोकलाई १९ नम्बरको जर्सी दिएको बार्सिलोना क्लबले जनाएको छ।

रोकले पारानान्सेमा ९ नम्बरको जर्सीबाट खेल्दै आएका थिए। बार्सिलोनामा ९ नम्बरको जर्सी रोबर्टो लेवान्डोस्कीले लगाउँदै आएका छन्।

रोकभन्दा अघि १९ नम्बरको जर्सीबाट १८ जनाले बार्सिलोनामा खेलिसकेका छन्। रोकभन्दा पहिलो फ्रान्क केसेईले सिजन २०२२/२३ मा १९ नम्बरको जर्सी लगाएका थिए। केसेइभन्दा अघि १९ नम्बर जर्सीबाट फेरान टोरेसले खेलेका थिए। उसमान डेम्बेचले पीएसजी पुगेपछि अहिले ७ नम्बर जर्सीबाट टोरेसले खेल्दै आएका छन्। टोरेसभन्दा अघि अग्युरोले १९ नम्बरको जर्सी लगाएका थिए।

रोक गत समर सिजनमै बार्सिलोनामा अनुबन्धित भए पनि जनवरीबाट मात्रै बार्सिलोना आउने सम्झौता भएको थियो। सोही अनुसार उनी १ साताअघि बार्सिलोना उत्रिएका थिए। १८ वर्षीय युवा फरवार्डसँग बार्सिलोनाले सन् २०३१ सम्मको सम्झौता गरेको छ।

बार्सिलोना उत्रिएपछि रोकले मिडियासँग कुराकानी गर्दै बार्सिलोनाबाट खेल्ने आफ्नो सपना पूरा भएको बताएका थिए। फरवार्ड लाइन भरपर्दो नभएको अवस्थामा भित्र्याइएका रोकबाट बार्सिलोनाले धेरै आशा गरेको छ। बार्सिलोना अहिले ला–लिगामा चौथो स्थानमा छ। पहिलो स्थानको रियल मड्रिडभन्दा बार्सिलोना ७ अंकले पछि छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.