Advertisement

बजाज ग्राण्ड कार्निभल : ब्लु कलरमा आयो पल्सर एन १६०

0 19

Advertisement

२७ असोज,काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले आयोजना गरेको ‘ग्राण्ड कार्निभल’ भृकुटीमण्डपमा चलिरहेको छ ।

सो कार्यक्रममा कम्पनीले नयाँ रङको पल्सर एन १६० सार्वजनिक गरेको छ । क्यारिवियन ब्लु कलर (नीलो रङ) को सो बाइकको मूल्य रेगुलर मोडल सरह ३ लाख ९३ हजार ९०० तोकिएको छ । रङबाहेक यसमा अन्य कुनै परिवर्तन गरिएको छैन ।

ग्राण्ड कार्निभलमा ग्राहकले उच्च मूल्यांकन र सरल फाइनान्स सुविधामा मोटरसाइकल किन्न र एक्सचेन्ज गर्न पाउने कम्पनीले जनाएको छ ।

कार्निभलमा १८ भन्दा धेरै भ्यालुएसन कम्पनीहरु सहभागी छन् । कार्निभलमा जुनसुकै कम्पनीको मोटरसाइकल ल्याएर बजाजको मोटरसाइकल साट्न सकिने कम्पनीले जनाएको छ । कार्निभलमा ग्राहकले कम डाउन पेमेन्ट वा शून्य प्रतिशत ब्याजदरको सुविधा छनोट गरेर मोटरसाइकल खरिद गर्न पाउनेछन् ।

फेस्टिभ स्किम अन्तर्गत ग्राहकले बजाज मोटरसाइकलको खरिदमा २५ गुणासम्म नगद क्यास जित्न सक्नेछन् । दशैंको अवसर पारेर काठमाडौंको भृकुटीमण्डपमा कम्पनीले २४ गतेदेखि सुरु गरेको ग्राण्ड कानिर्भल २९ गते सोमबारसम्म चल्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.