Advertisement

फ्रान्स, बेल्जियम र पोर्चुगल युरो कपमा छनोट

0 19

Advertisement

२७ असोज, काठमाडौं । फ्रान्स, बेल्जियम र पोर्चुगल अर्को वर्ष हुने युरो कप फुटबलमा छनोट भएका छन् ।

केलिएन एमबाप्पेको दुई गोल मद्दतमा नेदरल्याण्ड्सलाई २-१ ले पराजित गर्दै फ्रान्सले युरो कपमा स्थान पक्का गरेको हो ।

समूह बी मा ६ खेलबाट १८ अंक जोडेर फ्रान्स शीर्ष छ । पाँच खेलबाट ९ अंक रहेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।

यस्तै समूह एफमा बेल्जियमले अष्ट्रियालाई ३-२ ले हराएर युरोकपमा स्थान बनाएको हो ।

बेल्जियमको जितमा डोडी लुकेबाकियोले दुई तथा रोमुलु लुकाकुले एक गोल गरे ।

अष्ट्रियाका लागि कोनरार्ड लाईमर र मार्सल सबितजारले गोल गरे ।

जितपछि बेल्जियम ६ खेलबाट १६ अंकसहित समूह एफको शीर्ष स्थानमा छ । अष्ट्रियाले मंगलबार अजरबैजानलाई हराएमा युरो कपमा छनोट हुनेछ ।

यसैगरी क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा पोर्चुगलले समूह जी को खेलमा स्लोभाकियालाई ३-२ ले हरायो । पोर्चुगलका लागि अर्को गोल गोन्कालो रामोसले गरे ।

जितपछि ७ खेलबाट २१ अंक जोडेर शीर्ष स्थानमा रहेको पोर्चुगल तीन खेल अगावै युरोकपमा छनोट भएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.