Advertisement

दर्शक बढेसँगै नाटक ‘ब्युँझिएको सिरानी’को शो थपियो

0 121

Advertisement

२७ असाेज, काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा मन्चन भाइरहेको नाटक ‘ब्युँझिएको सिरानी’लाई चार दिन शो थपिएको छ।

गत १६ असोजबाट मन्चन भएको नाटक २८ सम्म मन्चन हुने थियो। तर दर्शकको चापअनुसार शो चार दिन थप गरिएको निर्देशक जेडी तमुले बताए।

वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सह प्रस्तुतिमा नाटक तयार भएको हो। मानसिक स्वास्थ्यको विषयमाथि तयार पारिएको नाटकलाई दर्शकले मन पराइरहेका छन्। नाटकका निर्देशक जेडी एक दशकदेखि कोरियोग्राफी तथा अभिनयमा सक्रिय छन्।

नाटकमा अभिनय र समसामयिक नृत्यको संयोजन छ। ‘यो एउटा नाटक मात्र नभई एक सशक्त अभियान हो, जसले मानसिक दुर्बलतामाथिको मौनता तोड्ने र छलफल गर्ने गर्दछ,’ निर्देशक जेडीले भने।

नाटकमा रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र मनेरू, ग्लोरी थापा, सृजना भट्टराईलगायत कलाकारको अभिनय छ। नाटकमा अनिल सुब्बाले कला निर्देशन गरेका छन्।

गायिका झुमा लिम्बुले संगीत संयोजन गरेकी छन् भने प्रवृति राई, नवीन बयल्कोटी र आयुषले नाटकमा संगीत भरेका छन्।

अब नाटक कार्तिक २ गतेसम्म मञ्चन हुनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.