Advertisement

सुनको भाउ आइतबार बढ्यो, तोलाको कति पुग्यो ?

0 44

Advertisement

२१ असाेज, काठमाडाैं । साताको पहिलो दिन आज आइतबार सुनको भाउमा वृद्धि भएको छ । शुक्रबार स्थिर रहेको सुनको भाउमा आज ३०० रुपैयाँले वृद्धि भएको हो ।

आज ३०० रुपैयाँ वृद्धि भएसँगै छापावाला सुनको भाउ १ लाख ७ हजार ६०० रुपैयाँ पुगेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख ७ हजार ३०० रुपैयाँ तोकिएको थियो । यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख ६ हजार ७०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको अन्तिम कारोबार दिन तेजावी सु्न १ लाख ६ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

आज चाँदी प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८३२ दशमलव ५४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ५९ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.