Advertisement

द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

0 11

Advertisement

१४ जेठ, काठमाडौं । द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

आइतबार प्रभु बैँककातर्फ बाट प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टि होटेल ग्रुपकातर्फ बाट म्यानेजर सुदन अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरी एक अर्कालाई सम्झौतापत्र हस्तान्तरण गरेका छन्।

द सोल्टि होटेल ग्रुपअन्र्तगत द सोल्टि होटेल एण्ड रिसोर्ट,सोल्टि वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टि वोष्टेण्ड इटहरी, सोल्टि वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टि वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिलायात्रीनिवास जनकपुर सँग प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले सेवातथा सुबिधा लिएबापत बिशेÈ छुट पाउने छन्।

सम्झौताअनुसार प्रभु बैँक लिमिटेड का ग्राहकतथाकर्मचारीहरुले होटेल तथा रिसोर्टको सेवातथा सुबिधाप्राप्तगर्नको निमित्तबैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ। द सोल्टि होटेल ग्रुपको उल्लेखित होटेल तथा रिसोर्टमार्फत उपलब्ध आवास तर्फ विशेष संस्थागत छुटसाथै खाना तथा पेय पदार्थमा १५% छुट प्राप्तगर्न सक्नेछन्।

विगत ५ दशकभन्दा वढि देशको पर्यटन क्षेत्रमाद सोल्टि होटेल समुहले योगदान गर्दै आएको छ भने त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथाहालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधी बाट सम्मानित प्रभु बैंक लि.को नेपालभर ३०२ शाखाकार्यलयहरु सञ्चालनमा छन्र यस्तै, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा वढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं बिश्वास दिन्छौं’ मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.