Advertisement

अर्थतन्त्र सुधारका लागि कत्ति ढिलो नगर्न परिसंघ अध्यक्ष अग्रवालको अपिल

0 40

Advertisement

२१ असाेज,हेटौंडा। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र सुधारका लागि कत्ति पनि ढिलो नगर्न आग्रह गरेका छन् । केही समयअघि विदेशी मुद्रा सञ्चितिमा परेको दबाबका कारण चालिएको कदम र आवश्यकताभन्दा बढी उपचार गर्दा आजको यो अवस्थामा अर्थतन्त्र आइपुगेको जनाउँदै उनले तत्काल देखिने गरी सुधार थाल्न आग्रह गरे ।

बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनको उद्घान समारोहमा अध्यक्ष अग्रवालले ढिलो गरी गरिने उपचारले समाधान नदिन सक्नेतर्फ ध्यान दिन सरकार एवं नियामक निकायको ध्यानाकर्षण गराए । गम्भीर अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र, नियामक निकाय सबैले उच्च प्राथमिकता दिनुपर्ने उनले बताए ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको क्षेत्राधिकारभित्र औद्योगिक क्षेत्र नपर्ने हुँदा निर्माण एवं सञ्चालनका लागि संघीय सरकारलाई सिफारिस गरेको जानकारी गराए । कात्तिममा बागमती प्रदेशमा लगानीको सम्भावनाबारे निजी क्षेत्रसहितका सरोकारवालासँग बृहत् छलफल गर्ने उनले बताए ।

कोटा प्रणालीका कारण डाक्टर र नर्सिङ अध्ययन गर्ने विद्यार्थी पलायनको खतरा बढेको भन्दै उनले बागमती प्रदेशभित्र डाक्टर, नर्सिङ अध्ययनका लागि सिटको सीमा हटाउने घोषणा गरे । कार्यविधि बनाएर शुल्कको सीमा तोक्ने पनि उनले जानकारी गराए ।

बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडीले अर्थतन्त्र सुधारका लागि देखिने गरी काम गर्नुपर्नेमा जोड दिए ।

अधिवेशनले लेखराज पोख्रेलको अध्यक्षतामा २१ सदस्यीय निर्विरोध कार्यसमिति गठन गरेको छ । यसैगरी बागमती प्रदेश उद्योग परिसंघले प्रदेश महिला उद्यमी मञ्च र प्रदेश युवा उद्यमी मञ्च पनि गठन गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.