Advertisement

महिला विश्वकप : स्पेनसँगको फाइनल सुनिश्चत गर्न अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै

0 26

Advertisement

३१ साउन, काठमाडौं । महिला विश्वकपको दोस्रो सेमिफाइनलमा आज बुधबार सहआयोजक अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दैछन्।

नेपाली समयअनुसार यी दुई टोलीको खेल दिउँसो पौन ४ बजे अष्ट्रेलियाको स्टेडियम अष्ट्रेलियामा हुँदैछ। सहआयोजक टोली अष्ट्रेलिया इंग्ल्याण्डलाई हराउँदै फाइनलमा स्पेनको भेट पक्का गर्ने दाउमा छ।

यता इंग्ल्याण्ड पनि घरेलु टोलीलाई निराश बनाएर फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ। जसकारण यी दुवै टोली फाइनल पुग्दै इतिहास रच्ने दाउमा छन्।

अहिलेसम्म यी दुवै टोली फाइनल पुग्न सकेका छैन्। अष्ट्रेलिया पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको टिम हो भने इंग्ल्याण्डले कोलम्बियालाई २–१ ले हराउँदै सेमिफाइनल पुगेको टिम हो।

आजको विजेताले आइतबार सिड्नीमा स्पेनसँग फाइनल खेल्नेछन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.