Advertisement

लगातार दोस्रो दिन पनि बढ्यो सेयर बजार

0 12

Advertisement

३ जेठ, काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । बुधबार २३.३९ अंकले बढेको बजार १८४५.०१ विन्दुमा पुगेर रोकिएको छ । यो १.२८ प्रतिशतको वृद्धि हो ।

पछिल्लो समय निरन्तर गिरावट आएको बजार मंगलबार समेत सामान्य बढेको थियो । बुधबार २६६ धितोपत्रको २५ हजार ६३४ वटा कारोबारबाट २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच हुँदा ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार सबै उपसूचकहरुमा हरियाली देखिएको छ ।

जलविद्युतका लगानीकर्ताले सबैभन्दा धेरै (२.२८ प्रतिशत)ले कमाएका छन् । यस दिन आत्मनिर्भर लघुवित्त, इस्टर्न हाइड्रो र ग्रिनलाइफ हाइड्रोको मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो ।

माइखोला हाइड्रोको मूल्य सबैभन्दा धेरै ७.९३ प्रतिशतले घटेर २७७.६० रुपैयाँमा झरेको छ । शिवम सिमेन्ट, नेपाल टेलिकम, एनआइसी एसियासहितका धितोपत्रको सबैभन्दा धेरै कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.