Advertisement

सनराइज बैंकद्वारा धनगढीमा विभिन्न सहयोग

0 26

Advertisement

०३ जेठ, काठमाडौं । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी ५, हसनपुरको ऐश्र्वय विद्या निकेतनमा प्रभावकारी शिक्षा संचालनका लागि ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ।

एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रबिनकुमार नेपालले सो शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेम निधी ओझालाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए।

प्रधानाध्यापक ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधि मैत्री शिक्षा प्रदान गर्नका लागि सो सामग्रीले मदत पुर्‍याउने जनाउँदै बैंकको सहयोगका लागि धन्यवाद ज्ञापन गरे।

सोही दिन आयोजित अर्को एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ३० थान डस्टबिन हस्तान्तरण गरेका थिए।

सर्वसाधारणलाई फोहर व्यवस्थित ठाउँमा फाल्न प्रोत्साहन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका चोक र सडकपेटीमा उक्त डस्टबिन राखी सहयोग गरिएको बैंकका नायब महाप्रबन्धक नेपालले जनाए।

साथै धनगढी उपमहानगरपालिकाका मेयर हमालले सनराइज बैंकको यस सहयागले स्र्माट धनगढी बनाउने परियोजनामा टेवा पुर्‍याएकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे।

यसका साथै बैंकले धनगढी त्रिनगर विद्यालयमा विद्यार्थीहरुलाई आफ्ना साइकल सुरक्षित रुपमा राख्न सहज होस् भनी १०० वटा क्षमताको साइकल स्टायान्ड समेत बनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.