Advertisement

माई खोला हाईड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत

0 28

Advertisement

०१ जेठ, काठमाडाैं । माई खोला हाईड्रोपावर लिमिटेडको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ३९ लाख २१ हजार ५६८ कित्ता साधारण सेयर सूचीकृत भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुमा वितरण गरिएको ३ लाख ९२ हजार १५७ कित्ता, सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) १५ लाख २९ हजार ४११ कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको २० लाख कित्ता सेयर गरी कूल ३९ लाख २१ हजार ५६८ कित्ता साधारण सेयर सूचीकृत भएको हो । कम्पनीले प्रभु क्यापिटल लिमिटेडमार्फत आइपीओ बिक्री खुला गरेको थियो ।

नेप्सेले पहिलो कारोबारको लागि न्यूनतम १११ रुपैयाँ ६७ पैसा देखि ३३५ रुपैयाँ ०१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सेयर सूचिकृत भएको दोस्रो दिन अर्थात मंगलबारवाट यस स्टक एक्सचेञ्ज लिमिटेडमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार सुरु हुनेछ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि एमकेएचएल कारोबार संकेत प्रदान गरेको छ । सूचीकरण पश्चात् दिनुपर्ने RTS सेवा प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौंबाट हुने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.