Advertisement

बीमा प्राधिकरण ५५ औं वर्षमा, साढे ४४% जनसंख्यामा बीमा पहुँच

0 99

Advertisement

०१ जेठ, काठमाडाैं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण सोमबारदेखि स्थापनाको ५४ औं वर्ष पारी गरी ५५ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ५४ वर्षमा नेपालको कुल जनसंख्याको साढे ४४ प्रतिशतभन्दा बढी नागरिकमा बीमाको पहुँच पुगेको छ भने बीमाको पहुँच तथा दायरा क्रमिक रुपमा बढ्दै गएको छ ।

बीमा क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा ३.५ प्रतिशतको योगदान दिइरहेको छ । म्यादी, लघु र वैदेशिक रोजगार बीमालेख विसं २०७९ चैत मसान्तसम्म आइपुग्दा १ करोड ४१ लाख बढी जीवन बीमालेख बिक्री भएका छन् । बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आवको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार म्यादी, लघु र वैदेशिक रोजगार बीमालेख समेत गरी कुल जनसंख्याको ४४.५५ प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना रहेका छन् । प्राधिकरणका अनुसार चैत मसान्तसम्ममा कुल १ करोड २९ लाख ९३ हजारमा बीमाको पहुँच पुगेको हो ।

वित्तीय प्रणालीको एउटा महत्त्वपूर्ण आधार स्तम्भका रूपमा रहेको नेपालको बीमा क्षेत्रले विभिन्न आरोह–अवरोह पार गर्दै आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकको अन्त्य सम्ममा कुल जनसङ्ख्याको साढे ४४ प्रतिशत जनतासम्म बीमाको पहुँच पुयाउन सफल भएको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणका अनुसार सरकारी योजना, प्राधिकरण, बीमा कम्पनी तथा सम्बद्ध पक्षको प्रयासमा बीमाको पहुँच वृद्धि भएको हो । प्राधिकरणबाट भएका नीतिगत एवम् कानूनी सुधारबाट आगामी दिनमा बीमाको दायरा अझै बढ्ने अपेक्षा गरिएको छ । दायरा तथा पहुँच विस्तारसँगै बीमा व्यवसाय विकसित, व्यवस्थित, अनुशासित र विस्तारित हुँदै गएको प्राधिकरणको भनाई छ ।

अर्थमन्त्री प्रकाशरण महतले प्राधिरकण स्थापनको ५५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपालको बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई बीमा व्यवसायको प्रभावकारी नियमन सहित बीमितको हकहित संरक्षण गर्ने जिम्मेवारी पाएको बीमा क्षेत्रको नियामक निकाय प्राधिकरणले शहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा समेत बीमा सेवाको पहुँच बढाउनेतर्फ ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताएका छन् । उनले पछिल्लो समयमा बीमा क्षेत्रमा देखिएका विकृति निवारण, बीमकको लगानी एवं सम्पत्तिको सुरक्षाको पूर्ण प्रत्याभूति, बीमक कम्पनीहरूको नियमित लेखा परीक्षणदेखि बीमा भुक्तानी सम्मका क्रियाकलापमा कानून एवं नागरिकप्रतिको वित्तीय उत्तरदायित्वको स्तर विश्वस्तरीय तुल्याउन प्राधिकणको भूमिका प्रभावकारी हुन जरूरी रहेको बताए ।

प्राधिकरणका अनुसार विसं २०७९ चैतसम्म जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख २१ हजार पुगेको छ भने निर्जीवन बीमाशुल्क कुल ३० अर्ब १ करोड ४८ लाख ४० हजार रहेको छ । पछिल्लो एक वर्षमा जीवन बीमाशुल्क संकलन २.१४ प्रतिशतले बढेकोमा निर्जीवन बीमाशुल्क संकलन ४.५८ प्रतिशतले बढेको छ । विसं २०७८ चैतको तुलनामा जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्क २ अर्ब १९ करोड ४६ लाख ७९ हजार रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको बीमाशुल्क १ अर्ब ३१ करोड ३६ लाख ७४ हजार रुपैयाँले धेरै हो ।

विसं २०७८ चैतसम्ममा कुल १ करोड १७ लाख ९१ हजार ६९८ वटा जीवन बीमालेख जारी भएकोमा २०७९ चैतमा आइपुग्दा २३ लाख ७४ हजार ३०० वटाले बढेर १ करोड ४१ लाख ६५ हजार ९९८ वटा पुगेको छ । यस्तै निर्जीवन बीमालेखको संख्या भने २०७९ चैतमा आइपुग्दा ९ हजार ८६ वटाले घटेर २१ लाख ६६ हजार ३२८ वटा रहेको छ । विसं २०७८ चैतमा २१ लाख ७५ हजार ४१४ वटा रहेका थियो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवाल प्राधिकरणले अन्तर्राष्ट्रिय रूपमा प्रचलित बीमाका नवीनतम सिद्धान्त एवं मान्यता अवलम्बन गर्दै बीमासँग सम्बन्धित कानून समयसापेक्ष परिमार्जन गर्ने कार्य तीव्र बनाएको बताउँछन् । उनले भने, “प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित पुँजी तथा जोखिममा आधारित सुपरिवेक्षण पद्धति लागू गर्न विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य भइरहेको छ । बीमालाई प्रविधिमैत्री बनाई अनलाइन मार्फत बीमा अभिकर्ता तथा सर्भेयर दर्ता तथा नवीकरण गर्ने व्यवस्थाको सुरुवात भई बीमा क्षेत्रमा डिजिटलाइजेसनका लागि प्राधिकरणले ठोस कदम चालिसकेको छ । ” साथै व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बीमा व्यवसायको आधार तयार गर्न प्राधिकरणले बीमा ऐनमा व्यवस्था भए बमोजिम बीमित हित संरक्षण कोष, बीमा सूचना केन्द्र, बीमा एकेडेमी, बीमा विकास कोष स्थापनाका लागि आवश्यक गृहकार्य गरिरहेको अध्यक्ष सिलवालले बताए ।

प्राधिकरणले ग्रामीण क्षेत्र तथा न्यून आय भएका वर्गलाई बीमाको दायरामा ल्याउन, छिटोछरितो रूपमा सहज र सरल ढङ्गबाट दाबी भुक्तानीको व्यवस्था गरी जनविश्वास अभिवृद्धि गर्न तथा बीमाप्रति जनचेतना जगाउन ६ वटा प्रदेशमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । साथै बीमकहरूको प्रादेशिक कार्यालयको स्थापना र अधिकार प्रत्यायोजन मार्फत थप जिम्मेवार बन्नुपर्ने व्यवस्था लागू गरेको छ । प्राधिकरणले बीमा क्षेत्रमा वित्तीय सुशासन कायम गर्न, बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरी बीमा क्षेत्रमा भएका अस्वस्थ प्रतिस्पर्धा न्यूनीकरण गर्न तथा बीमाको गुणस्तर वृद्धि गर्न बीमा कम्पनीहरू एक अर्कामा गाभ्ने तथा गाभिने कार्यलाई प्रोत्साहित गरेको छ । यसले गर्दा दश निर्जीवन बीमा कम्पनी एक आपसमा गाभिएर पााच वटामा कायम भएका छन् । साथै ७ जीवन बीमा कम्पनीहरु एकीकृत भई तीन वटामा कायम भए ।

अर्थ मन्त्रालयको सानो कोठाबाट नेपालमा बीमा व्यवसाय विस्तारका लागि भूमिका खेल्दै आएको तत्कालीन बीमा समिति नेपाल यसै वर्षदेखि बिमा क्षेत्रको स्वायत्त नियामकीय निकायका रूपमा राष्ट्रिय बिमा प्राधिकरणको स्वरूपमा स्थापित भएको छ । लामो समयको निरन्तर प्रयास स्वरूप मिति २०७१ कात्तिक २२ गतेदेखि बीमा ऐन, २०७९ लागू भई तत्कालीन बीमा समिति नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.