Advertisement

सेयर कारोबार रकम बढ्यो, फाइनान्स २.४ प्रतिशत बढ्यो

0 5

Advertisement

१२ वैशाख, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से स्थिर प्रायः रहँदा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन २ अर्ब ५ करोडको धितोपत्र कारोबार भएकोमा आज २ अर्ब ५३ करोडको कारोबार भयो ।

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर कारोबार उच्च रहेकाले कारोबार रकम बढेको देखिएको हो । सो कम्पनीको ६३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भयो।

नेप्से परिसूचक भने जम्मा ०.१५ अंक बढेर १९६९.१७ अंकमा रह्यो । कुल ११३ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने १५ को स्थिर रह्यो । समूहगत रुपमा हेर्दा फाइनान्स समूह सबैभन्दा धेरै २.४४ प्रतिशत बढ्यो । बैंकिङ ०.२१ र उत्पादन समूह ०.७५ प्रतिशत बढे । ब्यापार ०.१२, अन्य ०.०९, निर्जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.०५, जीवन बीमा ०.४०, हाइड्रोपावर ०.२०, लगानी ०.२८, होटल तथा पर्यटन ०.४४ र विकास बैंक समूह ०.१३ प्रतिशत घटे ।

पोखरा फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ८.८, सपोर्ट माइक्रोफाइनान्सको ७.५, नेपाल फाइनान्सको ५.५, नारायणी विकास बैंकको ४.४, मल्टिपर्पोज फाइनान्सको ४.१ र बोटलर्स नेपाल बालाजुको ४ प्रतिशत मूल्य बढ्यो ।

माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत घट्यो । महिला लघुवित्तको ३.८ तथा रिभरफल्स पावरको ३.३ प्रतिशत मूल्य घट्यो । कारोबारका आधारमा नेपाल पुनर्बीमा संस्थापकपछि पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, नेपाल फाइनान्स र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.