Advertisement

नेप्सेसँगै कारोबार रकम घट्यो, फाइनान्समा उच्च गिरावट

0 15

Advertisement

१० वैशाख, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १९६९ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा १५.४१ अंक घटेको हो । दिनभर कुल २ अर्ब ५ करोडको कारोबार भयो ।

हिजो २ अर्ब २६ करोडको कारोबार भएको थियो । ४९ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने १० को स्थिर रह्यो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.१ प्रतिशत घट्यो ।

बैंकिङ ६, विकास बैंक ३७, फाइनान्स ४१, होटल तथा पर्यटन १७, हाइड्रोपावर २२, जीवन बीमा ८०, उत्पादन ७९, माइक्रोफाइनान्स ३८, निर्जीवन बीमा ५६, अन्य ८ र ब्यापार समूह १२ अंक घटे ।

पिपुल्स पावरको मूल्य सबैभन्दा धेरै ६.९ प्रतिशत बढ्यो । मानुसी लघुवित्तको ४.२, विन नेपाल लघुवित्तको ४.२ तथा हिमालयन हाइड्रोपावरको मूल्य ३ प्रतिशत बढ्यो ।

दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ७.३ प्रतिशत घट्यो । एनआईसी एसिया लघुवित्तको ७.२, हिमालयन लघुवित्तको ४.७, मोलुङ हाइड्रोपावरको ४.२, सिर्जनशील लघुवित्तको ४.२ तथा गोर्खाज फाइनान्सको ४.१ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, जोशी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, सोनापुर सिमेन्ट र आईएमई लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.