Advertisement

देशको व्यापारघाटा साढे १० खर्बः आयात ३ प्रतिशत, निर्यात ४ प्रतिशतले घट्यो

0 6

Advertisement

१० वैशाख, काठमाडौं । चालू आर्थिक वर्ष (२०८०/०८१) को चैत मसान्तसम्म (९ महिनामा) कूल १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको केन्द्रीय भन्सार विभागले जनाएको छ।

गत वर्षको यसै अवधिमा १३ खर्ब १९ अर्ब ७८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो। जसअनुसार गत वर्षको तुलनामा यो वर्ष वैदेशिक व्यापार ३८ करोड रुपैयाँ बराबर अर्थात् ३ प्रतिशतले गिरावट आएको विभागको तथ्यांकले देखाएको छ।

चालू वर्षको ९ महिनामा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ।

जसअनुसार देशको व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ नाघेको विभागले जनाएको छ। यस्तै गत वर्षको चैतमसान्तसम्ममा १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँको आयात भएको थियो भने १खर्ब १८ अर्ब २७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।

जसअनुसार चालू वर्ष आयातमा करिब ३ प्रतिशतले गिरावट आएको छ भने निर्यातमा ४ प्रतिशले गिरावट आएको छ।

यस्तै गत वर्ष देशको व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ बराबर रहेको थियो। चालू वर्षमा आयात निर्यात दुवैमा आएको गिरावटसँगै देशको व्यापार घाटामा २.७५ प्रतिशतले कमी आएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.