Advertisement

इम्बोस्ड नम्बर प्लेटको शुल्क घटाउने तयारी

0 13

Advertisement

१३ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालयले इम्बोस्ड नम्बर प्लेटको शुल्क घटाउने तयारी गरेको छ। महंगो भएको आम नागरिकको गुनासोपछि उक्त तयारी गरेको हो।

इम्बोस्ड नम्बर कार्यान्वयनका लागि सरकारसँग पूर्वधार नभएको तर, महंगो शुल्कमा जडान गर्न बाध्य पारिएको भन्दै विरोध समेत भइरहेको छ।

‘इम्बोस्ड कम गर्ने गृहकार्य गरिरहेका छौं। एजेन्टलाई तिर्नपर्ने पैसा तिर्न बाध्य छौं। बाँकी शुल्क कति लिने भन्ने नयाँ छलफल गरिरहेका छौं। केही कम लिने छलफल भएको छ’, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भने।

मन्त्रालयले त्यसका लागि गेट समेत राख्ने पहलकदमी लिएको मन्त्री श्रेष्ठले बताए।

इम्बोस्ड नम्बर नेपालीमा राख्नुपर्छ भन्ने बहस भएअनुसार काम प्रारम्भ भएको उनले बताए।

यसैगरी, नवीरकण र ग्रिन स्टिकर वितरणलाई समेत सहज बनाउने कुरा अघि बढिरहेको उनले जानकारी दिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.