Advertisement

मन्त्रालय परिवर्तनबारे नारायणकाजीको जवाफ- प्रधानमन्त्रीको निर्देशनको प्रतिक्षामा छु

0 14

Advertisement

१३ चैत, काठमाडौं । उपप्रधान, भौतिक पूर्वधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफूले मन्त्रालय परिवर्तन गर्ने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनको प्रतिक्षामा रहेको बताएका छन्।

अहिले नै मन्त्रालय परिवर्तनबारे कुने निर्णय भइनसकेको उनले बताएका छन्। सरकारको समीकरणमा परिवर्तन भएकाले जिम्मेवारी हेरफेर हुनसक्ने सम्भावनातिर उनले संकेत गरेका छन्।

उनले भने, ‘सरकारकव समीकरण परिवर्तन भएको छ। मन्त्री परिषद्लाई विस्तारित गरेर पूर्णता दिइँदैछ। मन्त्रालय फेर्ने मेरो व्यक्तिगत कुरा होइन। मैले पार्टीको सिफारिस मान्छु। अहिले प्रधानमन्त्री निर्देशनको प्रतिक्षामा छु।’

सत्ता गठबन्धनले मन्त्री परिषद् विस्तारबारे छलफल गर्न मंगलबार दिउसो ४ बजे बैठक बोलाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.