Advertisement

नेपाल टेलिकमले माग्यो १३ पदका लागि ७३ कर्मचारी

0 42

Advertisement

१२ फागुन, काठमाडाैं । नेपाल टेलिकमले विभिन्न पदका लागि ७३ जना कर्मचारीको माग गरेको छ । कम्पनीले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरी विभिन्न १३ पदमा ७३ जना कर्मचारी माग गरेको हो ।

टेलिकमले उपप्रबन्धकमा टेलिकम, लेखा, प्रशासन गरी १ जना, वरिष्ठ टेलिकम इन्जिनियर तर्फ २ जना, वरिष्ठ लेखा अधिकृत १ जना, टेलिकम इन्जिनियरमा १० जना, टेलिकम इन्जिनियर कम्युटरतर्फ ५ जना, टेलिकम इन्जिनियर इलेक्ट्रोनिक्स ३ जना, सिभिल इन्जिनियर १ जना, सहायक लेखा अधिकृत ४ जना, सहायक प्रशासकीय अधिकृतमा ३ जना, सहायक व्यापार अधिकृतमा ४ जना, टेक्निसियनमा ११ जना, सहायकमा ११ जना र जुनियर टेक्निसियनमा १७ जना गरी ७३ जना कर्मचारकिो माग गरेको जनाएको छ ।

ईच्छुक व्यक्तिले चैत २ गतेसम्म आवेदन दिइसक्नु पर्ने प्रकाशित सूचनामा उल्लेख छ दोब्बर दस्तुर तिरेर भने चैत ९ गतेसम्म आवेदन दिन पाउने समय राखिएको छ ।

टेलिकमले इच्छुक तथा योग्य उम्मेदवारहरुलाई कम्पनीको वेबसाइट www.ntc.net.np वा recruit.ntc.net.np बाट आवेदन दिन सकिने जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.