एक हप्तादेखि घट्दै सुनको भाउ
१२ फागुन, काठमाडाैं । शुक्रबार सुन १०० रुपैयाँले सस्तिएको छ । एक हप्ता अघिबाट घट्न सुरु गरेको सुन आज पनि १०० रुपैयाँले घट्दै १ लाख २ हजार ४ सय रुपैयाँ निर्धारण भएको हो ।
सुन हिजो प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यता चाँदी भने १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी महासंघका अनुसार चाँदी आज तोलाको १ हजार २७५ रुपैयाँ निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८२५ र चाँदी प्रतिऔंस २१.३ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।