Advertisement

उम्मेदवारी दर्तापछि घिमिरेले भने- विगतका सभामुखबाट शिक्षा लिन्छु

0 42

Advertisement

०४ माघ, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका सांसद देवराज घिमिरेले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन्। बुधबार संसद् भवनमा उनले एमालेका उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङलाई प्रस्तावक राख्दै उम्मेदवारी दर्ता गराएका हुन्।

घिमिरेको समर्थकममा माओवादीका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन छन्।

उम्मेदवारी दर्तापछि उनले विगतका सभामुखबाट शिक्षा लिने बताए। विगतका सभामुखहरु दलीय प्रभावमा परे, तपाईंको भूमिका कस्तो रहन्छ भन्ने पत्रकारको प्रश्नमा उनको जवाफ थियो- ‘हिजोका शिक्षाहरुबाट व्यवस्थित गर्ने कुराहरु गर्दै आरोप, प्रत्यारोप र पूर्वाग्रहहरु भन्दा पनि यथार्थका आधारबाट, ठीक ढंगबाट अगाडि लाने कुरामा मेरो भूमिका रहन्छ।’

उनले आफू जिम्मेवारीमा पुग्ने कुरा निश्चित नै भएको बताए। निर्वाचित भएपछि आफूले एउटा सभामुखले खेल्ने भूमिकामा कमी हुन नदिने बताए। जित्ने निश्चित भएरै अहिलेका कदम अगाडि बढेको उनले बताए। ‘दलीय समर्थनको हिसाबले पनि सुनिश्चित नै छ,’ उनले भने।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.