Advertisement

शेखर कोइरालाको प्रश्‍न : दुई पासपोर्ट भएका गृहमन्त्रीलाई कानुन लाग्दैन ?

0 8

Advertisement

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुई पासपोर्ट भएकाले कानुनी उन्मुक्ति पाउन नहुने बताएका छन् ।

विराटनगरमा बिहीकार प्रेस युनियनले गरेको कार्यक्रममा बोल्ने क्रममा नेता शेखरले गृहमन्त्री भएको आधारमा कानुनी छुट नहुने बताए । ‘देशको कानुन गृहमन्त्रीलाई लाग्दैन? गृहमन्त्री भएको नाताले उन्मुक्ति दिने? यो हुन सक्दैन । त्यसबाट उन्मुक्ति पाउन उहाँले सक्नुहुन्न्,’ कोइरालाले प्रश्‍न गरे ।

गृहमन्त्री लामिछानका दुईटा पासपोर्ट र दुईटा नागरिकता भएको उल्लेख गर्दै कोइरालाले संसदका महासचिव पद्मप्रसाद पाण्डेको पनि दुईटा नागरिकता र दुईटा पासपोर्ट रहेको दाबी गरे । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोध तरिकाले भएको उनले बताए ।

सिरोहिया पक्राउ परेको अघिल्लो दिन आफूलाई थाहा नभएको बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो दिन आफैंले अर्डर दिएको स्विकारेको कोइरालाले बताए ।

‘यसरी नै देश चल्ने हो भने हामी कहाँ पुग्छौं । पहिलो दिन कैलाश जीलाई समातेको मलाई थाहा छैन भन्नुभयो । हिजो मैले नै अर्डर गरेको भन्नुभयो,’ कोइरालाले भने,‘सरकार छ कि छैन । यो देशमा भइरहेको छ चाहिं के? बुढी मर्‍यो भन्दा काल पल्कियो ।’

सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको प्रत्यक्ष संलग्न रहेको उनले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.