Advertisement

मेसीलाई अमेरिका भित्र्याउन बेक्हाम कतारमा सक्रिय

0 90

Advertisement

१२ मंसिर, दोहा । विश्व फुटबलका स्टार प्लेमेकर अर्जेन्टिनाका लिओनल मेसीलाई अमेरिकी फुटबलमा भित्र्याउन इन्टर मियामी सक्रिय रहेको खुलासा भएको छ। उनलाई अमेरिकी खेलकुदको इतिहासमा सबैभन्दा महंगो मूल्यमा भित्र्याउन इंग्ल्याण्डका पूर्वकप्तान डेभिड बेक्हम गोप्य रूपमा सक्रिय भएको बेलायती अखबारहरूले खुलासा गरेका हुन्।

३५ वर्षीय मेसी हाल फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध छन् र यो सिजनपछि उनको अनुबन्ध सम्झौंता समाप्त हुदैछ। इन्टर मियामी क्लबले यही मौकाको फाइदा उठाउदै उनलाई खुला सम्झौंतामा सबैभन्दा बढी रकम तिर्न खोजेको छ।

इन्टर मियामी क्लब बेक्हामको सह–स्वामित्वमा छ। मेसीले हाल पिएसजी क्लबबाट सातामा १२ लाख पाउण्ड लिने गर्छन।

मेसीको मियामीमा पनि घर छ। उनी त्यहाँ नियमित बिदा मनाउन गइरहन्छन्। अमेरिकी क्लबले पहिले नै बार्सिलोनामा हुँदा मेसीसँग घनिष्ट रहेका उरुग्वेका स्टार लुइस सुआरेज र सेस्क फाब्रेगाससँग फरवाड लाइनमा खेल्नसक्ने खेलाडीको खोजी प्रक्रिया सुरु गरेको थियो। यसमा मेसी सबैभन्दा फिट हुने खेलाडीको रूपमा क्लबले पहिचान गरेको छ।

अमेरिकी क्लब सुआरेजलाई पनि भित्र्याउने अभियानमा छ।

इन्टर मियामीको व्यवस्थापकीय भूमिकामा बेक्हामका समकक्षी तथा म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी फिल नेभिलको सम्झौंतापत्रलाई थप गरेको छ।

रंगशाला कम्प्लेक्स निर्माणका लागि गत सेप्टेम्बरमा इन्टर मियामीको व्यवस्थापनले ८२० मिलियन पाउण्ड अनुमोदन गरेको थियो, जसमा २५ हजार सिट क्षमताको रंगशाला, ७ सय ५० कोठाको होटल, खेल मैदान र भूमिगत कार पार्क निर्माण हुदैछ।

बेलायती अखबार ‘द टाइम्स’ का अनुसार मेसीको सम्झौंताका लागि बेक्हामले कतारसँगको आफ्नो सम्बन्धलाई जोड्न खोजिरहेका छन्। दोहामा जारी विश्वकपमा बेक्हाम सद्भावना राजदूत छन्। बेक्हामको पिएसजी क्लबका अध्यक्ष नासेर अल–खेलाफी र कतार स्पोर्ट्स इन्भेष्टमेन्टका मालिकहरूसँग निकटको सम्बन्ध छ।

यसबाहेक पनि यी दुई एडिडास कम्पनीसँग आवद्ध छन्। यो सम्बन्धलाई पनि बेक्हामले प्रयोग गरिरहेका छन्। पिएसजीमा खुला स्थानान्तरण हुनुअघि सन् २०२१ मा मेसीले रूदै बार्सिलोना क्लब छोडेका थिए। उनले पिएसजीबाट ५३ खेल खेल्ने क्रममा २३ गोल गर्नुका साथै २९ बल गोलका लागि मिलाइदिएका थिए।

पिएसजीका लागि मेसीले फ्रेञ्च लिगको उपाधि जितेपनि अर्जेन्टिनाका लागि विश्वकप उपाधि जित्न सकेका छैनन्। उनी हाल यही उद्देश्यका लागि कतारमा छन् र आउँदो जनवरीमा नयाँ सम्झौंताका लागि कुराकानी अगाडि बढाउनुअघि कतारमा विश्वकप उपाधि जित्ने लक्ष्यमा हुने छन्।

विश्वकपअन्तर्गत गत साता साउदीबाट २–१ को पराजय भोगेको अर्जेन्टिनाले मेसीकै प्रभावशाली खेलका कारण मेक्सिकोलाई २–० ले पराजित गर्दै उत्कृष्ट पुनरागमन गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.