Advertisement

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

0 97

Advertisement

१२ मंसिर, काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट प्रस्ताव गरेको कुल २०।६८ प्रतिशत लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ ।

बैंकले गत आवबाट सेयरधनीलाई चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँको १३ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसमेत ७.६८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । सो लाभांश सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र पाउनेछन् ।

साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १३ गते मंगलबार बुकक्लोज मिति निर्धारण गरेको छ । लाभांश प्रस्ताव सहितका अन्य प्रस्तावहरु पारित गर्न बैंकले मंसिर २६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकले लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे डाकेको सभाले बैंकको अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पु¥याउने, हालै साधारण सेयरमा परिणत गरेको ७ प्रतिशत अग्राधिकार सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा लेखापरिक्षक नियुक्त र पारिश्रमिक निर्धारण लगायतका एजेन्डाहरु उपर छलफल गरी पारित गर्नेछ ।

बोनस सेयर वितरण पश्चात एभरेष्ट बैंकको चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख ९४ हजार ४३६ रुपैयाँ १० पैसा पुग्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.